नेपाल शिक्षक महासङ्घको नेतृत्व विवाद कायमै, बेग्लै आन्दोलनको तयारीमा शिक्षक

काठमाडौं/१९ जेठ–नेपाल शिक्षक महासङ्घको नेतृत्व विवाद अहिले सम्म टुङगो लाग्न सकेको छैन । २०७६ चैतमा अध्यक्ष बाबुराम थापा निवृत भए पछि स्वत अध्यक्षको पद नरहने व्यावस्था रहेको र बाबुराम थापा अध्यक्षमानै रहनु कानुन विपरित रहेको भन्दै महासङ्घको नेतृत्वमा विवाद भएको हो ।

नेपाल शिक्षक महासङ्घकोे विशेष राष्ट्रिय परिषद्को बैठक फागुन २९ गते सम्पन्न गर्दे विशेष राष्ट्रिय परिषद्ले चार वटा विषयमा निर्णय गर्दे सहमति गरेको जानकारि दिइएको छ । सो निर्णय अनुसार तत्कालीन अध्यक्ष बाबुराम थापासँग चार बँुदे सम्झौतामा सहमती भएको बताइएको छ ।

नेपाल शिक्षक महासंघको विशेष राष्ट्रिय परिषद्बाट आगामी दिनमा कुनै पनि तहका समीतिमा सेवा निवृत्ति व्यक्ति रहेको भए निज स्वतः पदमुक्त हुने सहमती भएको र उक्त सहमतिमा अध्यक्ष बाबुराम थापा आफैलै हस्ताक्षर गर्नुभएको महासचिव लक्ष्मीकिशोर सुवेदिले बताउदै आउनुभएको छ ।

तर नेपाल शिक्षक महासङ्घमा आवद्ध एक घटक तथा बाबुराम थापाले नेतृत्व गरेको नेपाल राष्ट्रिय शिक्षक संगठनले भने वर्तमान नेतृत्व यथावत कायम राहने विभिन्न विज्ञप्ति मार्फत जानकारी दिदै आएको छ । साथै बाबुराम थापाले नेपाल शिक्षक महासङ्घको विधान अनुसार आफुनै अध्यक्ष रहेको दावि गर्दे आइरहनु भएको छ ।

नेपाल शिक्षक महासङ्घको फागुन २९ मा बसेको राष्ट्रिय परिषद्को बैठक पछि महासङ्घले जारी गर्ने विज्ञप्तिमा सहअध्यक्ष पूर्णप्रसाद दवाडी र महासचिव लक्ष्मीकिशोर सुवेदिको हस्ताक्षर रहदै आएको छ ,भने अध्यक्ष बाबुराम थापाले आफ्नोमात्र हस्ताक्षर रहेको विज्ञप्ति जारी गर्दे आउनु भएको छ ।

महासङ्घको एउटै विषयमा वेग्ला वेग्लै विज्ञप्ति आउनुले विवाद निकै चुलिदैं गएको देखिन्छ । त्यसै गरी विवादले शिक्षकहरुका मागहरु ओझेलमा परेको र विवादकै कारण राज्यसंग माग राख्न नसकेको आरोप आवद्ध शिक्षकहरुले लगाउदै आएका छन ।

नेपाल शिक्षक महासंघ आम शिक्षकहरुको छाता संगठन, पेसागत हकहितका लागि गठन गरिएको भनिएता पनि संस्था राजनीतिक दलको भातृसंगठन जस्तो देखिएको र आम शिक्षकका पेसागत हकहितलाई सम्बोधन गर्न, आवाज उठाउन नसकेको शिक्षकहरुको आक्रोस छ ।

कतिपय शिक्षकहरुले महासंघले पटक पटक गरेको आन्दोलनले शिक्षकका माग कहिल्यै पुरा नहुने कारणले सिङ्गो महासङ्घ माथि अविश्वासको यक्ष प्रश्न खडाभएको बताउनु भएको छ । साथै शिक्षक महासङ्घ एक आफैमा काम गर्न नसक्ने,नेतृत्व विहिनको समुह भएको र शिक्षकका हक हितका नाममा आफ्ना नजिकका,साझेदारको वकालत गर्ने,शैक्षिक मुद्दामा उदासिन महासङ्घ अविलम्ब खारेज गर्न आवाज उठाउन थालिएको छ ।

एकातिर नेपाल शिक्षक महासङ्घको नेतृत्व विवाद र अर्को तर्फ राज्यले शिक्षक प्रति गरेको विभेदका कारण महासङ्घ प्रति विश्वास नरहेको भन्दै आफ्ना मागका लागि सम्पुर्ण शिक्षक राजनितिक स्वर्थबाट बाहिर आएर आन्दोलन गर्नका लागि तयारीमा रहेको शिक्षकहरुले बताएका छन् । साथै महासङ्घले गरेको आन्दोलन देखावटी र कमजोर रहेको भन्दै अब पर्खेर नवस्ने सबै शिक्षक एक भएर लाग्ने शिक्षकहरुको भनाई छ ।