चितवन /१९ जेठ – नेपाल शिक्षक सङ्घ चितवननको आयोजनामा “ शिक्षा र स्वास्थ्य सम्बाद ” भर्चुअल कार्यक्रम सम्पन्न गरेको छ ।
कोभिड -१९ महामारीको वर्तमान सन्दर्भमा शिक्षकका पेशागत समस्या र समधान , विद्यार्थीहरुको परीक्षा प्रणालीमा परिवर्तन ,शिक्षक खोप तथा कोरोना नियन्त्रण लगायतका विषयमा “ शिक्षा र स्वास्थ्य सम्बाद ” भर्चुअल कार्यक्रम गरिएको हो ।
साथै कार्यक्रममा शिक्षक सेवा आयोगको पदाधिकारी नियुक्तिमा ढिलाई,संबैधानीक शिक्षक आयोग,वजेटमा सम्बोधन नभएका बिषय,संघिय शिक्षा ऐनको ढिलाई तथा वैकल्पिक सिकाइको स्थायी विकल्प सम्बन्धमा वक्ताहरुले आफ्नो धारणाहरु राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै युवा नेता तथा पूर्व मन्त्रि मानानिय गगन थापाले कोरोना रोकथामको राष्ट्रिय योजना नभएकोले यति धेरैको मृत्यु हुन गएको र सरकार नै यसमा जिम्मेवार रहेको बताउनु भयो । उहाले शिक्षाको संघीय ऐन वनाउँन एउटा टोलि वनाएर गृहकार्य गर्न अनुरोध गर्नु भयो ।
यस अघि ८ औं र ९ औं शिक्षा ऐन संसोधनमा शिक्षाका सवालमा धेरै काम भए पनि सम्पूर्णता नभएको बताउदै पूर्व मन्त्रि एनपी साउदले आफ्नो पार्टीको नेतृत्व आएमा शिक्षाका सवालमा दिर्घकालिन योजाना बनाएर नीतिगत सुधारमा दृढ भएर लाग्ने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि डा.शेखर कोइरालाले बेलायतका पूर्व प्रधानमन्त्री टोनी वेलेयरले मुलुकको ३ ओटै प्राथमिकतामा शिक्षा पर्छ भनेर पत्रकारलाई जवाफ दिएको सन्दर्भ कोट्याउँदै शिक्षा र शिक्षक राज्यको पहिलो प्राथमिकता पर्ने औल्याउनु भयो । उहाले आफ्नो नेतृत्वमा यसको सुधारमा शिक्षकलाई साथ दिने र साथ लिएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष राजेन्द्रराज पौडेल तथा महासचिव सोमनाथ गरि सहित वरिष्ट उपाध्यक्ष ,उपाध्यक्ष र उपमहासचिवले वर्तमान शैक्षिक समस्या ,शिक्षक आन्दोलन र शिक्षक खोप एवं बैकल्पिक शिक्षा सम्बन्धमा गहकिला धारणा राख्नु भएको थियो ।
नेपाल शिक्षक महासंघका केन्द्रिय महासचिव लक्ष्मीकिसोर सुबेदी,नेका चितवन सभापति जितनारायण श्रेष्ठ,संबिधान सभा सदस्य रञ्जित कर्ण,बागमती प्रदेश अध्यक्ष नारायण तिम्सिना, डा.जानुका पौडेल , रमेश भट्टराई , अनन्त राज पन्त र कुमार बजगाईले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम नेपाल शिक्षक सङ्घ चितवनका अध्यक्ष डा.हरिप्रसाद कंडेलको सभापतित्व र संचालन सचिव प्रेमराज पौडेलले गर्नु भएको थियो । जिल्ला उपाध्यक्ष शेषकान्त रेग्मीले धन्यवाद मन्तव्य राख्नु भएको थियो । दुई सय ७५ जना शिक्षक नेतृतवहरु सहभागी रहेको उक्त कार्यक्रममा प्राविधिक रुपमा प्रदिप काफ्ले,हरि सापकोटा,लोमस निरौला,रमेश भट्टराई, अनन्त राज पन्त, कुमार बजगाई लगात अन्य प्रविधिमैत्री शिक्षकहरुले सहयोग गर्नु भएको थियो ।




