काठमाण्डौं /३१ बैशाख -कृष्णगोपाल श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा पुनः मनोनयन हुनु भएको छ । प्रधानमन्त्री केपी ओलिले पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिए सँगै पुनः मनोनयन हुनु भएको हो ।
शुक्रबार प्रधानमन्त्री ओलीसहित उनको मन्त्रिमण्डलका सदस्यले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् । तीन राज्यमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद्मा सबैले साविककै मन्त्रालयको जिम्मेवारी पाएका छन् ।



