एमडी र एमएसको रिक्त सिटका लागि प्राथमिकता निर्धारण अनलाइन बाटै

काठमाडौं /३० बैशाख –चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तह एमडी र एमएस कार्यक्रमको वार्प अप म्याचिङका लागि प्राथमिकता निर्धारण गर्ने भएको छ ।

आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तह एमडी र एमएस कार्यक्रमको रिक्तरहेको सिटहरुका लागि ओपन हाउस काउन्सेलिङमा सहभागि हुन गरीएको सूचना अनुसार आवेदन दिएका उम्मेदवारहरुका लागि हुने वार्प अप म्याचिङ लाई यस पटकका लागि अनलाईन सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।

साथै आवेदन दिने सबैलाई चिकित्सा शिक्षा आयोगको वेबसाईटमा रहेको MECEE PG 2020 वेबपोर्टल मार्फत प्राथमिकता निर्धारण गरी शिक्षण संस्था र शैक्षिक कार्यक्रम छनोट गर्नका लागि सूचित गरेको छ ।