काठमाडौं /३० बैशाख- शिक्षक सेवा आयोगले शैक्षिक सत्र २०७७ को कार्य सम्पादन मुल्याङकन फारम २०७८ असार १ गते देखि ३० गते भित्र भरी पठाउन सूचित गरेको छ ।
कोभिड १९ को कारण विषम परिस्थिति सिर्जना भई विद्यालयहरुमा पठनपाठन कार्य सञ्चालनमा गतिरोध उत्पन्न भएको कारण नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक सत्र २०७७ को विद्यालय तहको पठनपाठन २०७८ जेष्ठ मसान्तभित्र सम्पन्न गरी आगामी शैक्षिक सत्र २०७८ असार एक गतेबाट शुरु हुने भएकोले शैक्षिक सत्र २०७७ को कार्य सम्पादन मूल्यांकन फाराम आगामी असार १ गते देखि ३० गते सम्म भर्न भराउन सम्बन्धित सबैलाई आयोगले सूचित गरेको हो ।
शिक्षक सेवा आयोग नियमावली, २०१७ (संशोधनसहित) को नियम २२ घ,को उपनियम (७) मा सम्बन्धित शिक्षकले शैक्षिक सत्र शुरु भएको मितिले तीस दिनभित्र कार्य सम्पादन मूल्याकन फाराममा आफूले भनु पर्ने विवरण भरी सम्बन्धित विद्यालगमा दर्ता गरी प्रधानाध्यापकलाई बुझाउनु पर्ने व्यवस्या रहेको हुँदा शैक्षिक सत्र २०७७ को शिक्षकको कार्य सम्पादन मुल्याङकन फारम २०७८ असार १ गते देखि ३० गते भित्र भरी पठाउन शिक्षक सेवा आयोगले सूचना मार्फत सबैलाई जानकारी गराएको छ ।




