तस्बिर:द मस्को टाइम्सबाट
मस्को/ २८ बैशाख-रुसी शहर काजानस्थित एउटा विद्यालयमा मंगलवार गोली चल्दा नौं जनाको मृत्यु भएको छ । जसमा एक शिक्षक, एकजना विद्यालयका कर्मचारी ,चार जना छात्र तिन जना छात्रा गरी नौं जना मारिएका छन् ।
मध्ये १८ जना विद्यार्थीरहेको र ३ जना पाका व्याक्ति रहेको द मस्को टाइम्सको समाचारमा उल्लेख छ ।
गोलीको आवाज सुने पछि विद्यार्थीहरु विद्यालय भवनको तिन तलामथि झ्यालबाट हामफालेको टेलेग्राम न्युज च्यनलको भिडियोमा देख्न सकिन्छ । यस घटनामा संलग्न रहेको आशंकामा एकजना १९ वर्षीय युवकलाई गिरफ्तार गरिएको छ ।
राजधानी मस्कोदेखि झण्डै ८ सय २० किमि पुर्वमा पर्ने स्कूल नम्बर १७५ मा भएको उक्त घटनाप्रति प्रधानमन्त्री मिखाइल मिसुस्तिनले गहिरो दुख व्यक्त गरेका छन् ।
यस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मुलुकको बन्दुक नियन्त्रण कानुनमाथि पुनरावलोकन गरिने बताएका छन् ।
द मस्को टाइम्सबाट



