तस्बिर फाईल
हेटौंडा २८ बैशाख मंगलबार हेटौंडामा १५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । १ सय ८६ जनाको स्वाब परीक्षण गर्दा १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस मध्ये १५ जना बालबालिकामा कोरोना संक्रमण देखिएको हो ।
एन्टिजेन विधिबाट गरिएको ६ जनाको परीक्षणमा १ जना र पीसीआर विधिबाट गरिएको १ सय ८० जनामध्ये १ सय १५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हेटौंडा उपमहानगरले जानकारी दिएको छ ।
एकै दिनमा यति धेरै संख्यामा बालबालिकामा एकसाथ कोरोना संक्रमण पुष्टि भएको हेटौंडामा यो पहिलो हो ।



