अक्सिजनको अभाव पछि बिरामिलाई अन्य व्यवस्था गर्न नेपाल मेडिकल कलेजको आग्रह

काठमाडौं/ २८ बैशाख – नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले अक्सिजन नपाए पछि कोभिड संक्रमित बिरामिहरुलाई अन्य व्यवस्था गर्न आग्रह गरेको छ ।

काठमाडौं जोरपाटीस्थित अस्पतालले एक सूचना जारी गर्दै अस्पतालमा रहेको अक्सिजनले आज साँझ ४ बजे सम्मका लागि मात्र पुग्ने भएकोले यसबाट विरामिको स्वास्थ्यमा गम्भिर समस्या उत्पन्न हुन सक्ने भन्दै आ–आफ्नो व्यावस्था गर्न विरामीहरुलाई आग्रह गरेको छ ।

अस्पतालमा अक्सिजन सप्लाई गर्ने श्री सोपान फार्माको अक्सिजन उत्पादन गर्ने मेसिन बिग्रिएकाले तत्काल अक्सिजन उपलव्ध हुन सक्ने सम्भावना अत्यान्त न्यून रहेको र अन्यत्रबाट पनि अक्सिजन उपलव्ध हुन नसकेको कारण बिरामीलाई डिस्चार्ज गर्न लागेको सूचनामा उल्लेख छ ।

नेपाल मेडिकल कलेजले सो अवस्थाको वारेमा नेपाल सरकार, स्वस्थ्य मन्त्रालय, गोकर्णेश्वर नगरपालिका,महानगरीय प्रहरी वृत्त बौद्ध लगायतका सबै सरोकारवाला निकायलाई जानकारी गराएको समेत बताएको छ ।