काठमाडौं /२८ बैशाख-त्रिभुवन विश्वविद्यालय परक्षिा नियन्त्रण कार्यलयले स्नातक तह प्रथम वर्षको र स्नातकोत्तर तह दोस्रो वर्षको परक्षिा आवेदन फारम र रजिष्ट्रेशन फारम फर्ने समय स्थगित गरेको छ ।
विश्वविद्यालयले कोभिड-१९ को प्रकोप बढ्दै गएको र मुलुक आक्रन्त भइरहेको अवस्थामा परक्षिा नियन्त्रण कार्यलयलबाट पूर्व प्रकाशित सूचना अनुसार स्नातक तह प्रथम वर्षको र स्नातकोत्तर तह दोस्रो वर्षको परक्षिा आवेदन फारम र रजिष्ट्रेशन फारम फर्ने समय अर्को सूचना प्रकाशित नभए सम्मको लागि स्थगित गरेको जनाएको छ ।
साथै निशेधाज्ञा जारी भएका कारण परीक्षा नियन्त्रण कार्यलयबाट दिईरहेको सम्पुर्ण सेवाहरु अर्को सूचना प्रकाशित नभए सम्मको लागि स्थगित गरेको जनकारी दिएको छ ।



