काठमाडौं /२७ बैशाख – नेपालमा २४ घण्टामा ९,२७१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसै गरी कोरोना संक्रमणका कारण १३९ जनाको मृत्यु भएको मन्त्रालयले सोमबार पुष्टि गरेको छ ।
१८,४११ जनाको पीसीआर र एन्टिजन विधिबाट परीक्षण गर्दा त्यति संख्यामा संक्रमित पुष्टि भएका हुन । २४ घण्टामा ४००७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ८५९ पुगेको छ ।


