संकटका बेला शिक्षक राज्यलाई सहयोग गर्न तयार

काठमाडौं /२७ बैशाख -कोभिड-१९ महामारीका कारण यतिबेला मुलुक आक्रान्त छ । संक्रमण रोकथामका लागि सरकारले निशेधाज्ञा जारी गरेको छ । देशभरका शिक्षण संस्था भौतिक रुपमा बन्द छन् । सम्पुर्ण परीक्षाहरु स्थगित भएका छन् ।

कोरोना संक्रमणबाट शिक्षक तथा शिक्षा क्षेत्रमा लागेका करीब ५० जना व्यक्तिले ज्यान गुमाई सकेको अवस्था छ । भौतिक रुपमा विद्यालय बन्द गरेर सम्भव भए सम्म वैकल्पिक माध्यमबाट पठापाठन संचालन भइरहेको छ ।

अधिकांश स्थानीय तहहरुले कोभिड-१९ को संक्रमण बढिरहेको अवस्थामा विद्यालयमा पठनपाठन नभए पनि शिक्षकहरुलाई विद्यालयमा जान भनिरहेका छन् । तर राज्यले शिक्षकलाई खोपको प्राथमिकतामा नपारी अहिले सम्म खोप नदिनु दुःखद र राज्यको गैह्र जिम्मेवारीको पराकाष्ठा हो । राज्यले शिक्षकलाई तत्काल खोपको व्यावस्था गर्नु पर्छ ।

बेड नपाएर र औषधि उपाचार नपाएर शिक्षक छट्पटाई रहँदा उपचार व्यावस्थाको लागि शिक्षकका आम घटकहरु बोलेका छैनन् । शिक्षकलाई खोपको व्यावस्था नर्गदा राज्यलाई दवाब दिनु छैन । अहिले उपचारमा जोड र खोप दिनु पर्नेमा सस्तो लोकप्रियताका लागि खोप नपाए स्कुल जाँदैनउ भन्नु सान्र्दभिक छ त ? कुरा राम्रो हो तर सम्भावना कति छ ? अहिलेको परिस्थिति आकँलन गरिएको छ ?

शिक्षक नेता महोदय हिम्मत गर्नुस यो नारा कार्यान्वयन नआएमा पदबाट राजिनाम दिन्छु भनि घोषण गरेर । अनि बल्ल बुझ्नेछन आम शिक्षकले शिक्षकको हितमा बोलेका रैछन वक्तव्य बाजि मात्र हइन भनेर ।

संकटको यो घडिमा शिक्षा क्षेत्रका विभिन्न संघ संगठन आफ्ना विभिन्न माग राखेर सरकारसँग बार्गेनिङ गर्नु भन्दा राज्यलाई रचनात्मक सहयोग गरि आम जनताको मन जित्नु उत्तम हुन्छ ।

यतिवेला कोरोनाको दोस्रो लहरले राष्ट्र स्वस्थ्य संकटमा परेको परिप्रेक्ष्यमा शिक्षकहरुलाई राज्यले सेवामुलक र चेतनामुलक कार्यक्रमको जिम्मेवारी दिई खटाउनु पर्छ । यसरी शिक्षकलाई खटाएको खण्डमा हामिहरु तयार छौं । सबै शिक्षक साथिहरुलाई तयार रहन आग्रह गर्न चाहान्छु ।

जनताको करबाट उठाएको रकमको केही अंशबाट तलब खाएका हामी शिक्षक जन सेवाका लागि सदैब तत्पर छौँ । शिक्षक विद्यार्थीलाई पढाउन मात्र होइन सिकाउन, स्वास्थ सावधानी अपनाउन र ब्यवहारिक ज्ञान दिलाउने जिम्मेवार व्यक्ति पनि हुन् ।

राष्ट्र संकटमा परेको बेला योगदान दिन्छु भनेर कसम खाएका हुनाले राज्यलाइ संकट परेका बेला सबैले योगदान दिनका लागि पनि म अनुरोध गर्दछु । यस्तो संकटको घडिमा सरकार जनता जोगाउने कसरतमा भन्दा सत्ता जोगाउने खेलमा लाग्नु , भ्रष्टचारमा लिप्त हुनु दुःखद कुरा हो ।

त्यस्तै शिक्षकका आम घटकलाइ यो जटिल परिस्थितिमा रिस राग त्यागेर टीका टिप्पणी त्यागेर राज्यलाइ रचनात्मक सहयोग गरि आम जनताको मन जित्न आव्हान गर्दछु ।