काठमाडौं /२७ बैशाख- राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । कोभिड १९ महामारी अन्योलका विच बोर्डले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
सोमबार विहान बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
सरकारले परक्षिा सञ्चालन नगर्न निर्देशन दिए लगतै बोर्डले तत्कालका लगि परीक्षा स्थगित गरिएको छ । साथै परीक्षा हुने समय पुनः अर्को सूचना निकाल्ने बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।



