कावुल /२६ बैशाख – विद्यार्थीहरु विद्यालय भवनबाट निस्कँदै गर्दा अफगानिस्तानको राजधानी काबुलस्थित शक्तिशाली बम विस्फोट भएको छ ।
शनिबार एउटा माध्यमिक विद्यालय नजिक भएको शक्तिशाली बम विस्फोटनमा कम्तिमा पच्चीस व्यक्तिको ज्यान गएको र दर्जनौँ घाइते भएको सरकारी अधिकारीहरुले संचार माध्यमलाई जानकारी गराएको बिबिसी समाचारमा उल्लेख छ ।
बिबिसी समाचारका अनुसार सडकमा बिद्यार्थीहरुका झोला यत्रतत्र छरिएको तस्वीरहरु सामाजिक संजालमा राखिएका छन् । शिक्षा मन्त्रालयका प्रवक्ताले घाइते हुनेमा अधिकांश छात्रा रहेको बताएका छन् । यस घटनाको अझै सम्म कुनै समुहले जिम्मेवारी लिएको छैन ।



