विद्यालय भौतिक उपस्थितिमा खोल्न ४ वर्ष लाग्न सक्ने

काठमाडौं /२५ बैशाख – स्थायी शिक्षक हकहित मञ्चका केन्द्रिय संयोजक रमेश भट्टराईको परिकल्पना र व्यावस्थापनमा कोभिड १९ सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

शिक्षक, विद्यार्थी र अभिभावकको स्वास्थ्य संग जोडिएका महत्वपुर्ण विषयमा कोभिड १९ सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको रमेश भट्टराइले बताए ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतम, सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन र शिक्षाविद् डा.विद्यानाथ कोइराला लगायत शिक्षा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले अझै २ देखी ४ वर्ष मास्क लगाउनु पर्ने हुनसक्ने बताए । दुई वर्ष अगाडीको जस्तै विद्यालय विद्यार्थिको भौतिक उपस्थितिमा खोल्न ४ वर्ष लाग्न सक्ने भन्दै शिक्षालाई प्रविधि संग जोड्न आग्रह गरे । साथै सर्वसाधरण बढी सावधानि नभएका कारण समस्याको न्युनिकरण गर्न जटिल बन्दै गएको समेत गौतमले बताए ।

सरूवा रोग विज्ञ डा.सेर वहादुर पुनले कोभिडको डवल म्युटेड ट्रिपल म्युटेड मल्टि भेरिएन्टरूप नेपालमा भएको हुनसक्ने बताए । साथै यो मिक्स म्याच भेरिएन्ट बाट बच्न पुराना सबै नियममा अझै थप सर्तकता अपनाउनु पर्ने बताएका छन् । उनले भने “कोरना भएका र दुवै खोप लगाए भनेर मख्ख नपराँै सर्तक वनौ खोपले प्रतिरोधक क्षमता बढाउने मात्र हो निषेध गर्ने हैन ।”

त्यसै गरी शिक्षाविद् डा.विद्यानाथ कोइरालाले देश भरका शिक्षकलाई प्रविधि मार्फत पढाउन तयार पार्नु पर्ने बताए । कुटो कोदालो हसिया पनी प्रविधि कै साधन हुन सबै जोडिन प्रयास गराँै, विद्यालय बाहिर शिक्षा खोजौँ भन्दै शिक्षकलाई प्रविधिसँग जोड्नु पर्नेमा जोड दिए ।

५०० बढी शिक्षा सरोकार वालाहरु एउटै मञ्चमा रहेको उक्त कार्यक्रम भने भीमोदय मावि चितवनका प्रधानाध्यापक डा.हरिप्रसाद कंडेले सञ्चालन गरेका थिए ।