चिकित्सा शिक्षा आयोग द्धारा स्नातक तहका प्रवेश परीक्षा स्थगित

काठमाडौं /२३ बैशाख – चिकित्सा शिक्षा आयोगले स्नातक तहका शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षा हाललाई स्थगित गरेको छ ।

चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुका लागि लिइने एकीकृत प्रवेश परीक्षामा सम्मिलित हुन अनलाइन मार्फत भर्ने परीक्षार्थीको परीक्षा कार्यक्रम स्थगित भएको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड-१९ को संक्रमण दर सामान्य अवस्थामा आएको खण्डमा र नेपाल सरकारबाट निषेध आदेश निस्क्रिय भएमा मात्र परीक्षा सञ्चालन गर्न भने पछि चिकित्सा शिक्षा आयोगले हाललाई प्रवेश परीक्षा स्थगित गरेको छ ।

साथै अवस्था सामान्य भएपछि परीक्षा सम्बन्धि कार्यक्रम पछि प्रकाशन गरिने जनाएको छ ।