निषेधाज्ञाको समयमा पनि विश्वविद्यालयले विद्यार्थीहरुको सर्टिफिकेट जारी गर्ने

सुर्खेत /२३ बैशाख – मध्यपश्चिमाञ्चल विश्वविद्यालय परीक्षा व्यापस्थापन कार्यलयले निषेधाज्ञाको समयमा पनि कुनै पनि तह पार गरी ट्रान्सक्रिप्ट,प्रोभिजनल सर्टिफिकेट, माइग्रेशन सर्टिफिकेट,लिनु पर्ने विद्यार्थीहरुलाई उपलब्ध गराउने भएको छ ।

कोभिड -१९ संकट व्यावस्थापन केन्द्र सुर्खेतको निर्णय अनुसार बैशाख मसान्तसम्म प्रशासन कार्यलयले निषेधाज्ञा जारी गरेकाले उक्त अवधिभर विश्वविद्यालयबाट जारी गरीने सम्पुर्ण सेवाहरु बन्द भएको जनाएको छ ।

साथै निषेधाज्ञाको समयमा पनि विश्वविद्यालयबाट कुनै तह पार गरी ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, माइग्रेशन सर्टिफिकेट लिनु पर्ने विद्यार्थीको हकमा विद्यार्थिले पउन सक्ने रोजगारी एंव उपल्लो तहको अध्यायनको अवसर नगुमोस भनि सर्टिफिकेटहरु उपलब्ध गराउने निर्णय गरेको हो ।

उक्त सेवाको लागि मात्र परीक्षा व्यावस्थापन कार्यलय बैशाख २६ गते दिनको ११ बजे देखि ४ बजे सम्म खुला रहने जानकारी दिएको छ ।