काठमाडौं /२३ बैशाख – कोभिड– १९ महामारी कै विच स्कुलमा पढने विद्यार्थीहरुका लागि लक्षित गरी नेपालकै पहिलो वृहत भर्चुअल “नेपाल स्कुल मेला २०२१” हुने भएको छ । स्कुल तहको प्रि–प्राइमरी तह देखि सेकेण्डरी तहसम्मका विद्यार्थी तथा अभिभावकहरुलाई विद्यालय शिक्षा बारे उचित सूचना तथा परामर्श दिइने उदेश्यले मेला आयोजना गरिएको हो ।
मेला बैशाख २३ गते देखि जेष्ठ २१ गते ३० दिन सम्म चल्ने छ । यो अवधिमा स्कुलको भर्चुअल भ्रमण, अन्तरक्रिया, विविध क्षेत्रका विज्ञसँंगको लाईभ वेविनार, निःशुल्क सहभागिता, परामर्श जस्ता कार्यक्रम लगायत शिक्षा क्षेत्रका जल्दाबल्दा बिषयहरुमा अन्तरक्रिया कार्यक्रमहरु हुनेछन् ।
कोभिड–१९ महामारीका कारण विद्यार्थीहरु तथा अभिभावकहरु भौतिकरुपमा स्कुल भ्रमण गर्न नसक्ने ,उपयुक्त जानकारी पाउन मुश्किल पर्ने भएकाले प्याब्सन र कलेज रिडर्सको सहर्कायमा विद्यार्थी तथा अभिभावकहरुले घरै बसिबसि ईन्टरनेटको माध्यमबाट उपयुक्त जानकारी प्रप्त गर्ने, अन्तरक्रिया गर्ने र स्कुल छान्ने, भर्ना फारम भर्न मिल्ने गरी अनलाईन शैक्षिक मेला आयोजना गरिएको हो । साथै यस मेलामा यसमा नेश्नल प्याब्सन लगायत विभिन्न शैक्षिक छाता संगठनहरुको समेत सहकार्यता रहको छ ।
“नेपाल स्कुल मेला २०२१” ले विद्यालय शिक्षाका विषयमा साथै शिक्षा क्षेत्रमा अत्यन्त सकरात्मक सन्देश फैलाउने तथा वृहत सहभगिता प्राप्त गर्ने छ । विद्यार्थी, अभिाभावकहरु तथा सरोकारवालाहरुले एउटै भर्चुअल भ्रमण द्धारा विभिन्न स्कुलहरु बीच पूर्वधार, शैक्षिकगुस्तर, जनशक्ति, नतिजा, अन्तरक्रिया कायत्र्रक्रम लगायत बिषयहरुमा तुलना गरी आफ्नो निर्णय लिन सहयोगी हुने मेला संयोजक तथा प्याब्सन उपाध्यक्ष दिपिका थापा रिमालले बताउनु भयो ।
साथै मेलाले विद्यार्थी, अभिभावक तथा देशका उत्कृष्ट शिक्षण संस्थाहरु बीच सम्वन्धसेतुको काम गर्ने छ । एउटै भर्चुअल मञ्चबाट देशका उत्कृष्ट स्कुलहरु र तिनीहरुका सेवा, सुविधा तौली आफ्नो निर्णय लिन पाईने भएकाले विद्यार्थी, अभिभावक तथा शैक्षिक संस्था सबैको लागि यो साझा चौतारी हुने रिमालले बताउनु भयो ।
मेलामा काठमाडौं उपत्यकका र उपत्यकका बाहिरका करिब १५० बढी स्कुलहरु सहभागि रहने छ । मेला भ्रमण गर्नका लागि www.nepalschoolmela.com मा लगईन गरि उत्कृष्ट स्कुलहरुको अवलोकन गर्न सकिनेछ ।



