सप्तरी /२१ बैशाख – कोरोना संक्रमण्का कारण सप्तरीका एक शिक्षकको मृत्यु भएको छ । आज बिहान पाँच बजे धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो
बैशाख १३ प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएका उनी सप्तकोशी नगरपालिकास्थित राष्ट्रिय माविका शिक्षक हुन । साथै ४५ वर्षीय शिक्षक उच्च रक्तचापबाट पीडित थिए ।



