पोखरा विश्वविद्यालयको बन्द भएको अनलाईन छात्रवृत्ति फाराम भोलिदेखि सञ्चालन हुने


काठमाण्डौं १७ फागुन– पोखरा विश्वविद्यालयको विभिन्न संकायअन्तर्गत छात्रवृत्ति सम्बन्धि खोलिएको अनलाईन फाराम सफ्टवेयर अवरुद्धका कारण आज रोकेकोे छ ।

पोखरा विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकाय, व्यवस्थापन संकाय र मानविकी तथा सामाजिक शास्त्र संकायको विभिन्न कार्यक्रमहरुमा सञ्चालित नियमानुसार छात्रवृत्तिमा अध्ययन र अध्यापन गराउन भनि गत बिहिबारदेखि नै अनलाईन फारामको व्यवस्था गरेको थियो । तर, आज अचानक सफ्टवेयरमा समस्या उत्पन्न भएको हुँदा अनलाईन फाराम बन्द भएको छ ।

अनलाईन फाराम भोलि देखि मात्र सुचारु हुने पोखरा विश्वविद्यालयले जनाएको छ ।