प्रचण्ड विरुद्ध विद्यार्थीहरुको आन्दोलन

धनगढी/१७ फागुन – नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खडमा विभिन्न विद्यार्थी संगठनहरुले आन्दोलन गरेका छन् ।
केही दिनअघि एक टेलिभिजन कार्यक्रमको अन्तरवार्तामा प्रचण्डले दिएको अभिव्यक्तिको विषयलाई लिएर त्यस विरुद्ध विद्यार्थीहरुले आज प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरुले हाम्रो देश, हाम्रो स्वाभिमान, प्राण भन्दा प्यारो छ, भारतीय कम्फर्टेबल सरकार चाहिँदैन, हाम्रो लिपुलेक हामीलाई दे, तिम्रो प्रचण्ड लैजा ! भन्ने नारा लेखिएका प्लेकार्ड बोक्दै सुख्खड चोकमा प्रदर्शन गरेका छन् ।
अन्तरवार्तामा अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र आफूहरू मिलेर सरकार बनाउँदा भारतलाई सहज हुने आशय व्यक्त गरेका थिए ।
प्रचण्डले राष्ट्रिय स्वाधिनता विरुद्ध बोलेको र यसले राष्ट्रिय स्वाभिमानमा ठेस पु¥याएको भन्दै नेकपा ओली समूहको अनेरास्ववियू र राष्ट्रिय युवा संघका विद्यार्थीहरुले घोर आपत्ति जनाएका छन् ।