काठमाण्डौं/१४ फागुन– काठमाण्डौं डन बस्को कलेजले आयोजना गरेको विद्यार्थीहरुको लागि रचनात्मक भविष्यका निमित्त विषयक एकदिने अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुको भविष्यलाई केन्द्रविन्दुमा राखेर कलेजले सो कार्यक्रमको आयोजना गरेको हो ।
लाजिम्पाटस्थित होटेल ¥याडिशनमा हिजो भएको सो कार्यक्रममा बोल्दै काठमाण्डौं डन बस्को कलेजका सञ्चालक प्रकाश श्रेष्ठले राष्ट्र निर्माणमा युवाहरुको भूमिका अत्यन्त महत्वपूर्ण र सराहनीय ठानेर हरेक वर्ष यस कलेजले यस्तो कार्यक्रमहरुको आयोजन गर्दै आईरहेको बताए । एक युवाको भूमिकालाई विशेष रुपमा अङ्गाल्नको लागि यस कार्यक्रमको आयोजना गरेको उनले बताए ।
सञ्चालक प्रकाश श्रेष्ठका अनुसार राष्ट्र निर्माणमा युवाहरुको भूमिकालाई कसरी अगाडि लैजाने र देश विकासमा उनीहरुलाई कसरी सहभागीता जनाउने भन्ने विषयका कुरामा छलफल भएको छ । उनले भने, “प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिंदै आईरहेको यस कलेजले उद्योगको आवश्यकता अनुसार राष्ट्र निर्माणमा जुन किसिमको जनशक्ति उत्पादन गर्नुपर्ने हुन्छ त्यस्तो विषयसँग नजिक रहेर देशले चाहे अनुरुप विद्यार्थी तथा जनशक्ति उत्पादन गर्ने प्रयास यस कलेजले गरिरहेको छ ।”
एउटा अध्ययन गरिरहेको विद्यार्थीले सबैभन्दा पहिले खोज्ने भनेकै देशमा उनीहरुको आफ्नो भविष्य के छ र आफ्नो पढाई सकेपछि बजारमा आफू कसरी प्रस्तुत हुन सकिन्छ भन्ने कुरा हो । तसर्थ उनीहरुको यस्तो चासोको विषयलाई यस कार्यक्रमले केही हदसम्म सहयोग गर्नमा उचित भूमिका खेल्ने उनले विश्वास प्रकट गरे । साथै आगामी दिनहरुमा यो कार्यक्रमलाई निरन्तरता दिने समेत उनले प्रतिवद्धता जनाए ।
काठमाण्डौं डन बस्को कलेजकी निर्देशक रश्मी शर्मा मैनालीले यो कार्यक्रम एउटा कार्यक्रम मात्रै नभई उद्देश्यमूलक कार्यक्रम रहेका कारण यसबाट विद्यार्थीहरुले केही न केही सिक्ने र जान्ने मौकाको रुपमा लिने धारणा व्यक्त गरीन ।
उनले भनिन्, “अहिलेका विद्यार्थीहरुलाई साथ–सहयोग, समर्थन र हौसलाको धेरै खाँचो छ । विद्यार्थीहरुले आफ्नो ईच्छा अनुसारको विषय लिएर पढ्न खोज्दा अभिभावकले पनि समर्थन जनाउनुपर्ने र विद्यार्थीहरुले पनि आफ्ना अभिभावकको मन जित्न सक्यो र आफ्ना अभिभावकको साथ पाउन सक्यो भने आफ्नो भविष्यलाई सफल बनाउन सकिन्छ । विद्यार्थीहरुमा आफ्नो पढाई र भविष्यमा आस्था हुनुपर्छ ।”
कोरोना महामारीका कारणले विविध सोसियल मिडिया अपनाएर कार्यक्रमलाई फेसबुक तथा युट्युब च्यानलमार्फत् प्रशारित गरेको थियो ।
कार्यक्रममा विद्यार्थी लगायत नेपालका लागि ईयुकी राजदूत एच.ई नोना डिप्रेज, मिस नेपाल २०१९ की अनुष्का श्रेष्ठ, युवा नवप्रवर्तन नेपालका सिईओ विभूषण विष्ट, डिसहोमका सुदिप आचार्य तथा युवा उद्यमशीलमा गति दिन सकिरहेका विभिन्न व्यक्ति र युवा अगुवाईका व्यक्तित्वहरु लगायत विभिन्न मिडियाकर्मीहरुको उपस्थिति रहेको थियो ।



