सरस्वती पूजाको विषयमा विवाद हुँदा ओली र प्रचण्ड-माधव समूहका विद्यार्थीबीच झडप

काठमाडौं /४ फागुन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ओली र प्रचण्ड-माधव समूहका विद्यार्थीबीच झडप भएको छ । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा सरस्वती पूजाको विषयमा विवाद हुँदा दुई समूहका विद्यार्थीबीच झडप भएको हो ।

झडपमा परी प्रचण्ड–माधव समूहका एकजना विद्यार्थी घाइते भएका छन् । कुटपिटमा संलग्नलाई कारबाही गर्न प्रहरीमा उजुरी दिएको आरआर क्याम्पस स्ववियूले जानकारी दिएको छ ।