कठमाडौ /३ फागुन – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा फारम खुला गरेको छ । कक्षा १२ का नियमित ग्रेडवृद्धि,आंशिक परीक्षार्थीहरुको लागि परीक्षा फारम खुला गरेको हो ।
सम्बन्धन प्राप्त माध्यामिक विद्यालय,क्याम्पसहरुले कक्षा १२ मा अध्ययन गर्ने २०७८ सालमा सञ्चालन गरीने वार्षिक परीक्षामा सहभागि हुने नियमित ग्रेडवृद्धि ,अंशिक तर्फ रजिस्ट्रसन नम्मबरका सुरुका दुई अङ्क ७० वा सो भन्दा बढी भएका विद्यार्थीलाई परीक्षा फारम भर्न भनिएको छ ।
साथै फारम २०७७ फागुन मसान्त सम्म र सो समय भित्र छुटेका परीक्षार्थीहरुले चेत्र ५ गथे भित्र बिलम्ब शुल्क सहित परीक्षा फारम भर्न सकिने छ ।



