हब ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सिद्वारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाण्डौं/२६ माघ– ‘रक्तदान जिवनदान’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै बागबजार स्थित हब ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सिले आईतबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।


नेपाल रेडक्रस सोसाईटीको सह–कार्य तथा लाईन्स क्लब अफ काठमाण्डौं, अरनिको र लाईन्स क्लब अफ काठमाण्डौं, अनेकाको संयुक्त सहयोगमा कन्सल्टेन्सिले सो कार्यक्रम आयोजना गरेको हो ।


विगत् आठ वर्षदेखि हरेक वर्ष मानवीय सामाजिक उत्तरदायित्त्व र योगदानको सन्दर्भमा यस कन्सल्टेन्सिले रक्तदान कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । त्यसैलाई निरन्तरता प्रदान गर्दै विश्वभर फैलिएको कोभिड–१९ का कारण विश्व नै आक्रान्त बनिरहेको बेला रगत सङ्कलनमा समस्या हुन नदिन काठमाडौँको बागबजार स्थित आफ्नै प्राङ्गणमा रक्तदान कार्यक्रम सञ्चालन गरेको हो ।


अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै निरन्तर आवश्यक परिरहने रगतको सहज परिपूर्तीका लागि सामाजिक दूरी कायम गरी यस कन्सल्टेन्सिले रक्तदान कार्यक्रम विधिवत् रुपले समापन गरिएको छ ।


कार्यक्रममा बाक्लो संख्यामा स्थानीय बुद्धिजीवि र सर्वसाधारणहरुले सहभागिता जनाएको थियो भने ७५ भन्दा बढी व्यक्तिहरुले रक्तदान गरेका छन् ।