त्रिविको स्नातक तहमा भर्ना खुल्यो


काठमाडौ/ ८ माघ – त्रिभुवन विश्वविद्यालयले विज्ञान प्रविधि संस्थान ,मानविकी तथा सामाजशास्त्र संकाय,व्यावस्थापन संकाय र शिक्षा संकाय अन्र्तगतको वार्षिक प्रणाली अनुसार भर्नाको लागि सूचना प्रकाशित गरेको छ ।

शैक्षिक वर्ष २०७७/७८ को लागि स्नातक तह प्रथम वर्षको नयाँ भर्नाको लागि सूचना प्रकाशित गरेको हो । साथै माघ १२ गते देखि फारम वितरण गरीने र फागुन १२ गते भित्र विद्यार्थीले फारम वुझउन तथा भर्ना भईसक्नु पर्ने छ । त्यसै गरी फागुन २५ गते देखि कक्षा सञ्चालन हुने त्रिविले जनाएको छ ।