विद्यालय बन्द हुँदा सङ्क्रमणको गतिशीलता पाँच गुणाले घट्ने


काठमाडौं/२७ पुस – कोभिड १९ माहामारी रोक्नको लागि विद्यालयहरु बन्द गर्दा सङ्क्रमणको गतिशीलता घटाउने एक अध्यायनले देखाएको छ । स्विट्जरल्याण्डको ज्यूरिचको ‘स्विस फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजी (ईटीएच)का अन्वेषकहरूले गत मार्चमा विद्यालयहरू बन्द हुँदा गरेको अध्यायनले यस्तो देखाएको हो ।

अध्ययनमा भनिएको छ विद्यालयहरू बन्द हुँदा कोभिड–१९ सङ्क्रमण सर्ने वा फैलनलाई पाँच गुणा घटाउन सहज भएको छ । विद्यालय बन्द भएपछि सङ्क्रमणको गतिशीलता २१.६ प्रतिशतले घटेको र यसले कोभिड–१९ का नयाँ सङ्क्रमित दरलाई पनि कम गरेको पुष्टि भएको यस अध्ययनको नेतृत्व लिइरहेका प्रबन्ध सूचना प्रणालीका ईटीएच प्रोफेसर स्टीफन फ्युरेग्रीगलले जानकारी गराए ।

अध्ययन गत वर्ष फेबु्रअरी १० देखि अप्रिल २६ बीच स्विस टेलिकम्युनिकेसनको कोभिड–१९ सङ्क्रमितको तथ्याङ्कमा विश्लेषण गरिएको थियो । इटिएफको अध्ययनले पनि यसलाई सम्बोधन गर्दैन तर यसले मानिसहरूलाई गतिशील बनाउन र एक व्यक्तिबाट अर्कोमा पुग्न निकै नियन्त्रण गर्यो ।

उनले भने, “हाम्रो विश्लेषणले यो पुष्टि गर्छ कि विद्यालय बन्द भएका कारण सङ्क्रमण दरलाई कम भने पक्कै गर्यो ।”
महामारी नियन्त्रणका लागि विद्यालय वन्द गर्नु विवादित विषय रहे पनि यसले बालबालिकालाई विरामी हुनबाट धेरै जोगायो । उनीहरूले भाइरस सार्न कति भूमिका खेले त यो कुरा अझै प्रष्ट भइसकेको छैन ।