भक्तपुर /१५ पुस -माध्यामिक शिक्षा परीक्षा कक्षा १० एसईईको समावेश हुनको लागि रजिष्ट्रेसन फाराम र परीक्षा आवेदन फाराम खुला भएको छ ।
२०७७ सालको शैक्षिाक सत्रमा कक्षा ९ मा साधारण तथा प्राविधिक धार तर्फ अध्ययनरत विद्यार्थीहरुले २०७८ सालको नियमित एसईई परिक्षामा समावेश हुनका लागि र २०७७ को एसईई परीक्षामा समावेश हुनका लागि शैक्षिक सत्र २०७७ सालमा कक्षा १०मा नियमित रुपमा अध्ययनरत विद्यार्थीहरुका लागि २०७७ को एसईई परीक्षामा समावेश हुनका लागि रजिष्ट्रेसन र परीक्षा आवेदन फाराम खुला गरीएको जानकारी दिएको छ ।
विद्यार्थीहरुले रजिष्ट्रेसन र परीक्षा आवेदन फाराम २०७७ पौष १६ गते देखि माघ २१ गते भित्र भरी सक्नु पर्ने छ । विद्यार्थीले गतबर्षहरु जस्तै विद्यालयमा नै फाराम भरी विद्यालयले सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा पठाउनुपर्नेछ । एसईईका लागि आवेदन फारामको शुल्क ५ सय र रजिष्ट्रेसन फारामका लागि ३ सय रूपैयाँ तोकिएको छ ।
माध्यमिक शिक्षा परीक्षा संघ वा प्रदेशको परीक्षा बोर्ड वा विद्यालयले संचालन गर्ने भन्ने विषय प्रष्ट नहुदा फाराम खुला भएको थिएन । लामो समयसम्म पनि एसईई सञ्चालन गर्ने निकायका बारेमा टुङ्गो नलागेपछि रजिष्ट्रेसन र फाराम भने खोल्ने निर्णय बोर्डले गरेको हो ।





