त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थानले पुनः प्रवेश-पत्र वितरण गर्ने


काठमाडौं /१५ पुस – त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान परीक्षा नियन्त्रण माहाशाखाले २०७७ पुस र माघ महिनामा सञ्चालन हुने परीक्षाको प्रवेश-पत्र पुन: वितरण गर्ने भएको छ ।

स्नातक तहका सबै वर्ष प्रथम खण्डको नियमित तर्फको पुन परीक्षाको परीक्षा केन्द्र परीवर्तन भएको हुँदा परीक्षा केन्द्र परीवर्तन भएका कलेजहरुले परीक्षाको प्रवेश-पत्र पुन: वितरण गर्न भनिएको हो ।

साथै सबै परीक्षर्थीले नयाँ प्रवेश-पत्रको लागि आ–आफ्नो कलेजमा सम्पर्क राख्न भनिएको छ ।