काठमाडौं/ १४ पुस – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भवन निर्माण सम्पन्न भईसकेपछि भौतिक संरचनाका लागि गरिने प्राविधिक परार्मशका लागि विनीयोजित बजेट निर्धारण गरेको छ ।
शिक्षा विकास तथा समन्वय इकाईसँग भएको सेवा खरिद सम्झौताअनुरुप निर्माण सम्पन्न भएका दुई कोठे तथा चार कोठे विद्यालय भवन निर्माणको हकमा हिमाली तथा पहाडी जिल्लामा प्रति विद्यालय भवनको रु. ५२२० तथा तराईका जिल्लामा प्रति विद्यालय भवनको रु. ४२६१.२० पैसा रकम निर्धारण गरेको छ ।
दुई कोठे तथा चार कोठे विद्यालय भवन निर्माणको हकमा बाहेक अन्य निर्माण कार्यको हकमा (शौचालय निर्माण, मर्मत संभार तथा बाह्य वातावरण सुधार आदि) एउटै विद्यालयमा पाँचलाख रकम भन्दा कम लागत अनुमानको भए दुई वा सो भन्दा बढी विद्यालयको निर्माण कार्य समेत समावेश गरी न्यूनतम पाँचलाख रकमको लागत अनुमान कायम गरी गर्न सकिने छ ।
शिक्षा विकास तथा समन्वय ईकाईले मासिक रुपमा बेरुजु फर्छौटको तयारी र प्रगति अनिवार्य रुपमा केन्द्रमा पठाउने र अन्य विषयमा द्विविधा उत्पन्न भएमा केन्द्रबाट थप स्पष्ट पारिने आर्थिक प्रशासन शाखााका उपसचिव विनोद गेलालले बताए ।





