नयाँ पाठ्यक्रम विरुद्ध भइरहेको अलमल तत्काल अन्त्य गर्न अखिलको माग

काठमाडौं /१४ पुस – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनयन (अनेरास्ववियू)ले कोभिड महामारीका कारण लामो समयदेखि अवरुद्ध रहेको शिक्षा प्रणली र शैक्षिक वर्षलाई तत्काल शुरु गर्न विश्वविद्यालय,शिक्षा मन्त्रालय र सरकारसँग माग गरेको छ ।

आज काठमाडौंमा बसेको अनेरास्ववियूको दोस्रो पूर्ण बैठकले अवरुद्ध शैक्षिक सत्र,परीक्षा र पठनपाठन यथाशीघ्र शुरु गर्न माग गरेको हो ।

बैठकले कोभिड माहामारीबाट आक्रान्त आम जनतालाई थप त्रासदि बनाउने गरी शुल्क उठाउने र अभिभावकहरुलाई अनावश्यक दुख दिने कार्य नगर्न सरोकार निकायलाई अनुरोध गरेको छ ।

बैठकका निर्णय सार्वजनिक गर्न मंगलवार आयोजित पत्रकार सम्मेलनमा कक्षा ११ को निर्धारीत नयाँ पाठ्यक्रम विरुद्ध भइरहेको अलमल सम्मानित अदालतले यो वा त्यो वाहानामा ढिलासुस्ती नगर्न र महिनौ सम्म अनिर्णयको बन्दी बनाउने कार्य अन्त्य गरी अन्योलताको हल गर्न माग गरेको छ ।