प्रदेश सरकारको‘एक विद्यालय एक नर्स’कार्यक्रममा ओखलढुङ्गाका पाँच विद्यालय छनोट

ओखलढुङ्गा/१४ पुस – प्रदेश सरकारले सुरु गरेको एक विद्यालय एक नर्स कार्यक्रमका लागि ओखलढुङ्गाका पाँच विद्यालय छनोट भएका छन । विद्यालयमा स्वास्थ्य परामर्श तथा सामान्य उपचारको व्यवस्थाका लागि गत वर्षदेखि प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रम सुरु गरेको हो ।

यस कार्यक्रममा छनोट हुने विद्यालयहरु मोलुङ गाउँपालिका १ को सरस्वती मावि बुङ्नाम, चिशङ्खुगढीको सरस्वती मावि खानीभञ्ज्याङ र सुनकोशी गाउँपालिकाको कटुञ्जे मावि, मानेभञ्ज्याङ गाउँपालिकाको हर्कपुर मावि टोक्सेल साथै खिजीदेम्वा गाउँपालिकाको कुण्डली मावि खिजीकाति छनोट भएका छन ।

यसअघि लिखु गाउँपालिकाको सिंहदेवी र सिद्धिचरणको रुम्जाटारमा यो कार्यक्रम सुरु भइसकेको छ । यो कार्यक्रम राम्रो भएका कारणले अन्य विद्यालयले पनि यस कार्यक्रम सुरु गर्न माग गरेका छन ।