काठमाडौं/ १३ पुस – भारतमा बीएस्सी अध्ययन गर्दै गरेकी एक युवती सबैभन्दा कान्छी मेयर बनेकी छिन । अल सेन्ट्स कलेजमा ब्याचलर दोस्रो वर्षमा बीएस्सी म्याथमेटिक्स अध्ययन गर्दै गरेकी २१ वर्षीया आर्या राजेन्द्रन भारतमा सबैभन्दा कान्छी मेयर बनेकी हुन ।
भारतको कम्युनिस्ट पार्टी सीपीआई९एम०को तर्फबाट उम्मेदवार बनेकी आर्याले केरलास्थित तिरुवनन्तपुरमको मेयरको रुपमा जित हात पारेकी हुन ।
कम्युनिस्ट परिवारबाट आएकी आर्याले भनिन ‘मैले यो निर्वाचन पूर्ण आत्मविश्वास र उत्साहको साथ लडेकी थिएँ । पार्टीले मलाई दिएको जिम्मेवारी लिन तयार छु । मेरो सपना राजनीति र पढाइलाई एकसाथ अघि बढाउनु हो ।’
आर्याले आफू मेयर भएसँगै आफ्नो प्राथमिकता केरलाको राजधानीसमेत रहेको सहरको फोहोर व्यवस्थापन प्रणालीमा सुधार गर्नु रहने बताएकी छिन ।
स्रोत: पीटीआई



