काठमाडौ /१० पुस – विदेश अध्ययनमा गएका विद्यार्थी विभिन्न कारणले वेला वेलामा समस्यामा पर्ने गरेका छन । विदेश अध्ययनमा जाने सपना बोकेका विद्यार्थी जसरी हुन्छ र जुनसुकै माध्यमबाट भए पनि विदेश अध्ययनमा जाने सोच बनाएका हुन्छन । विदेशका कालेज,विश्वविद्यालयका बारेमा, त्याहाको रहनसहन,नियम,जागिरको अवस्था,सबै कुरामा अनविज्ञ रहेका विद्यार्थी शैक्षिक परामर्श संस्थाले भने जस्तो सहज र सरल मानेर विदेश अध्ययनमा उडेका हुन्छन ।
विभिन्न प्रलोभन र धेरै आस देखाएर सहि परामर्श नदिनु र वास्तविकता नवुजि विदेश अध्ययनमा जाँदा विद्यार्थी अलपत्र पर्ने मात्र होइन उनिहरुको भविष्यनै जोखिममा पर्ने गरेको छ ।
वेलायतको हडर्सफिल्ड विश्वविद्यालय अध्ययनमा गएका नेपालि विद्यार्थी अलपत्र परेको समाचार केहि महिना पहिला सार्वजनिक भयो । स्टडि ग्रुपले केहि विश्वविद्यालयसंगको सहकार्यमा विद्यार्थीलाइ विभिन्न प्रलोभन देखाएर फाउण्डेशन कोर्सको लागि विद्यार्थी लगे पनि फाउण्डेशन कोर्स विद्यार्थी लग्ने माध्यममात्रै बनाएको छ । जागिर सहजै पाइने,सुविधा सम्पन्न भएको ठाउँमा विश्वविद्यालय छ भनिए पनि वास्तविकतामा त्यस्तो नभएको विद्यार्थीको दावि छ । उनिहरुको जनहि २५ लाख खर्च भइसकेको र अब घर र्फकदा थप रकम लाग्ने बताएका छन । फाउण्डेशन कोर्सको नामबाट बेलायत पुगेका विद्यार्थीले यदी त्यो कोर्स पास गर्न सकेनन भने न उनिहरुसंग विश्वविद्यालयको मार्कसिट हुनेछ न कुनै सिप न बेलायत बस्न पाउने छन ।
त्यसै गारी २०७५ सालमा अष्ट्रेलिया गएका विद्यार्थी पनि समस्यामा परे । नर्सिङ अध्ययनमा गएका ति विद्यार्थीलाई कलेजको गैर जिम्मेवारका कारण र सहि जानकारी नपाएकै कारण समस्यामा परे । अष्ट्रेलिया इन्स्टिच्युट अफ बिजनेस टेक्नोलोजि (एआइबीटी)ले विद्यार्थी पढाए पनि नियमनकारी संस्थाबाट स्विकृति नपाएका कारण विद्यार्थीको भविष्य अन्योलमा परेको थियो । एआइबीटी कलेजले डिप्लोमा अफ नर्सिङग पढाए पनि नर्सिङग कोर्स सञ्चालन गर्न नर्सिङग काउन्सिलबाट स्वकृति लिनु र्पथ्यो भने इन्टर्नसिपका लागि एनम्याकबाट स्वकृति लिनु र्पथ्यो तर कलेजले यी दुबै संस्थाबाट मान्यता नलिएको भेटिए पछि विद्यार्थीहरुको करीब डेढ वर्षको पढाई र हजारौ डलर डुब्ने अवस्था आएको थियो । यो घटनालाई हेर्ने हो भने कलेजले नेपालमा रहेका शैक्षिक परामर्श संस्थालाई र कलेजले नेपालमा राखेको प्रतिनिधि मार्फत नैतिकताका आधारमा पनि विद्यार्थीलाई पढाइने कोर्सका बारेमा सहि जानकारी दिनुपर्नेमा त्यसो नगरी उत्त कोर्सलाई उल्टो विद्यार्थी बटुल्ने माध्याम बनाएको थियो । माथीका घटना प्रतिनिधि घटनामात्र हुन यस्ता अरु धेरै देशमा पनि हुने गरेका छन ।
अलपत्र परेका विद्यार्थीको जिम्मेवार कसले लिने ?
त्यसो त विद्यार्थी जुनै हालतमा विदेश अध्ययनमा जाने सोच बनाएका हुन्छन । चाहे छिमेकीको देखेर होस,साथिभाइको लैलैमा लागेर होस वा विदेश गएका अरु साथिहरुको देखेर होस । तर विद्यार्थी र अभिभावकले भने भन्दैमा कानुन विपरीत कामगरेर विदेश पठाउने शैक्षिक परामर्श संस्थाले आफ्नो नैतिकतालाइ बिर्सन मिल्छ की मिल्दैन ? विदेशी कलेजका प्रतिनिधिले प्रलोभन देखाउदैमा आफ्नो दाइत्व विर्सेर पैसाकै लागिमात्र विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न पाइन्छ ? यसरी विदेश अध्ययनमा पठाएका विद्यार्थी अलपत्र परेपछी यसको जिम्मेवारी कसले लिने ?
कलेजको कन्ट्रि म्यानेजर वा संस्थाको प्रतिनिधि हँु भन्दै शैक्षिक परामर्शको दैलो दैलोमा चाहारने र विद्यार्थीलाइ विभिन्न प्रलोभन देखाउदै गलत जानकारी दिने कलेजका वा कलेजका लागि काम गर्ने विदेशी संस्था र प्रतिनिधिले अलपत्र परेका विद्यार्थीको जिम्मेवारी किन नलिने ? विद्यार्थीलाइ विदेश अध्ययनमा पठाउन आफु अगाडी नदेखिने र शैक्षिक परामर्श संस्थालाइ अगाडी सारेर विद्यार्थी बटुलिरहेका प्रतिनिधि र संस्थालाई राज्यले नियमन गर्ने की नगर्ने ? साथै आफ्ना देशका नागरीक कुन देशमा कुन विश्वविद्यालयमा ,कुन कोर्स,कति शुल्क तिरेर,कति वर्षको लागि जाँदै छन थाहा पउनु पर्छ की पर्दैन ?
त्यसरी विदेशी कलेजका प्रतिनिधि वा कलेजसंग सहकार्य गरेर काम गर्ने विदेशी संस्थाको प्रतिनिधिले नेपालमै रहेर कलेजको प्रतिनिधि मँै हो हामिले भने पछि कलेजले मान्छ भन्दै विद्यार्थीलाई परामर्श दिने विभिन्न सेमिनार आयोजना गर्ने,आफु खुसी विज्ञापन गर्ने र विद्यार्थीलाई भेलापार्ने काम निस्फिक्रि गरीरहेको पाइन्छ । यस्ता संस्थालाई कस्ले नियमन गर्ने ? ति प्रतिनिधिहरु नेपालमा रहेर काम गर्ने आधार के रहने ? नेपाल सरकारले तोके अनुसारको परामर्शका लागि तालिम लिनु पर्ने की नपर्ने ? साथै विना दर्ता र विना अफिस प्रतिनिधिकै आधारमा मात्र नेपालमा सञ्चालन गर्न पाइने की नपाइने ? उनिहरुले नेपालमा रहेर गरेको आर्थिक कारोवारको कर तिरेका छन त ?
यसरी कलेजको वा विभिन्न देशका कलेजसंग सहकार्य गरेका विदेशी संस्थाले नेपालमै प्रतिनिधि राखेर शैक्षिक परामर्श संस्थामा पुग्दै विद्यार्थीलाई परामर्श दिने त्यस्ता संस्था र संस्थाका प्रतिनिधिले विद्यार्थी अलपत्र पर्दा विद्यार्थीको जिम्मेवारी किन नलिने ? तर अहिले सम्मको अवस्थालाइ हेर्ने हो भने शैक्षिक परामर्शको आडमा विदेशि कलेजका प्रतिनिधि तथा नेपालमा विना अनुमति सञ्चालित विदेशी संस्थाहरुका प्रतिनिधि धेरै छन उनिहरुले विद्यार्थी पठाउछन तर पठाएका विद्यार्थी अलपत्र परेपछि जिम्मेवारी वहन गर्दैनन । त्यस्ता संस्था र कलेजलाई नेपाल सरकारले नियमन गर्नु पर्छ ताकी विद्यार्थी अलपत्र पर्दा शैक्षिक परामर्शको टाउकोमा हालेर उम्कन नपाउन । उनिहरुले पनि विद्यार्थी अलपत्र पर्दा जिम्मेवार वहन गरुन ।


