काठमाडौं /१० पुस – प्रदेश १ को सामाजिक विकास मन्त्रालयले ७७ जना विद्यालय नर्सलाई करारमा नियुक्त गर्ने भएको छ ।
प्रदेश सरकारद्धारा लागु गरीएको विद्यालय नर्सिङ सेवा कार्यक्रम अन्र्तगत तोकिएका स्थानिय तहका विद्यालयहरुमा विद्यालय नर्स करकारमा नियुक्त गर्न लागेको सूचना सार्वजनिक गरेको छ ।
निर्देशनालयले लिखित र अन्तर्वार्ता परीक्षाका आधारमा उनीहरुलाई करारमा नियुक्त गर्न लागेको हो । करारमा जागिर खान इच्छुकले पुस २४ गतेसम्म आवेदन दिनुपर्ने छ ।




