स्कूलको भ्यानले ठक्कर दिदा छात्राको मृत्यु


बुटवल /८ पुष – स्कूलको गाडीले ठक्कर दिदा एक छात्राको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका ११ स्थित क्यानन ईङ्लिस बोर्डिङ स्कुलको लु१च ७००२ नं को भ्यानले मंगलबार स्कुलकी छात्रालाई ठक्कर दिदा मृत्यु भएको हो ।

उक्त स्कूलको मन्टेश्वरीमा अध्ययनरत ४ बर्ष कि स्मृति थापालाई स्कूलको गाडीले ठक्कर दिए पछि उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


कोभिड १९ को कारण लामो समय बन्द रहेको विद्यालय मंसिर २५ बाट सञ्चालनमा आएको थियो ।