महानगरको निर्णय पछि विराटनगरका विद्यालय सञ्चालनमा

विराटनगर/३ पुष-कोभिड-१९का कारण कन्द रहेका विराटनगर महानगरपालिकाका विद्यालय बिहिबार देखि सञ्चालनमा आएका छन । महानगरपालिकाको निर्णयसंगै सङ्क्रमणको जोखिम, विद्यार्थी सङ्ख्या तथा भौतिक पूर्वाधार अनुसार सात बुँदे सर्त सहित विद्याललय सञ्चालन गर्न भनिएको छ । साथै विद्यालय स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार सञ्चालन गर्नुपर्ने छ

सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन नगर्ने, अलगअलग समयमा अलगअलग कक्षा वा तह सञ्चालन गर्ने, कक्षालाई पहिले र दोस्रो कक्षापछि शुरु गर्ने, कक्षा सञ्चालनको घण्टी छोट्याउने, पालैपालो कक्षा सञ्चालन गर्ने, सिफ्ट अनुसार कक्षा सञ्चालन गर्न र सातामा केही दिनमात्र कक्षा सञ्चालन गर्नेलगायत कार्यविधि बनाइएको महानगरले जानकारी दिएको छ ।