ललितपुर /२४ मंसिर – शिक्षकमा कोभिड १९ देखिए पछि ललितपुरको गोदावरी–१३, झरुवासीस्थित नवज्योति माध्यमिक विद्यालयमा तीन दिनका लागि पठनपाठन बन्द गरिएको छ ।
उत्त विद्यालयका दुई शिक्षकमा कोरोना भाइरस संक्रमण देखिएपछि मंसिर २५ देखि २७ गतेसम्म विद्यालय बन्द गरिएको प्रधानाध्यापक हरिहर लामिछानेले जानकारी दिए ।
सञ्चालित कक्षाहरु नर्सरीदेखि कक्षा १२ सम्मको सम्पुर्ण पठनपाठन बन्द गरिएको हो । संक्रमित दुबै शिक्षक होमआइसोलेसनमा रहेको विद्यालयले जनाएको छ । साथै संक्रमित शिक्षकहरुको कोरोना रिर्पोट नेगेटीभ पुष्टि भएमा पुर्ववत रुपमा आइतबारबाट पठनपाठन सञ्चालन हुने विद्यालयले जनाएको छ ।




