काठमाडौ /२४ मंसिर – नेपाल शिक्षक महासंघले देशभरिका सबै शिक्षकहरुको सुरक्षाको यथोचित प्रबन्ध गर्न सरकार समक्ष माग गरेको छ ।
मंगलबार मोरङको मिक्लाजुङ गाउँपालिका १, स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र कुमार श्रेष्ठको घाटी रेटेर हत्या भए पछि महासंघले सुरक्षाको माग गरेको हो ।
एक विज्ञप्ति जारी गर्दै ‘शिक्षण जस्तो पवित्र पेसा निष्ठापूर्वक कार्यरत शिक्षकको क्रुरतापूर्वक भएको हत्याको नेपाल शिक्षक महासंघले भत्र्सना गरेको छ ।
हत्याराको अविलम्ब पहिचान गरी कानुनको कठघरामा उभ्याएर कडा भन्दा कडा कार्बाही गर्न महासंघले माग गरेको छ ।




