ललितपुर महानगरको विद्यालय खोल्ने निर्णय

ललितपुर/२४ मंसिर – ललितपुर महानगरले विद्यालय खोल्न अनुमति दिएको छ । कोभिड १९का काराण नौ महिनादेखि बन्द रहेका विद्यालय खोल्न अनुमति दिएको हो ।

मंगलबार बसेको नगर शिक्षा समितिको बैठकले विद्यालयले विद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक समिति , वडा कार्यालयसँग समन्वय गरी विद्यालय खोल्न अनुमति दिने निर्णय गरेको हो ।

विद्यालयको भौतिक पूर्वाधार र विद्यार्थी संख्यालाई मध्यनजर गर्दै विद्यालय कहिलेबाट र कसरी संचालन गर्ने निर्णय गर्न व्यवस्थापन समितिलाई दिएका नगरप्रमुख चिरीबाबु महर्जनले बताए ।

सार्वजनिक विद्यालयलाई साबुन,पानी र मास्क महानगरले उपलब्ध गराउने छ भने सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड र विद्यालय संचालन कार्यविधि अनुसार विद्यालय सञ्चालन गर्न भनिएको छ ।

बैठकमा अभिभावक संघका केन्द्रीय अध्यक्ष केशव पुरी, अभिभावक महासंघका सुप्रभात भण्डारी,प्याब्सन, एनप्याब्सन, नेपाल शिक्षक महासंघ महानगरपालिका प्रतिनिधि लगायतको सहभागिता थियो ।

ललितपुर महानगरमा सबै गरेर दुई सय पचास विद्यालय छन जसमा ४० सामुदायिक विद्यालय छन ।