शिक्षक हत्याको जिम्मा विप्लव समूहले लियो :विज्ञप्ति सहित

काठमाण्डौ/ २३ मंसिर –विज्ञप्ति जारी गर्दै विप्लव समूहले शिक्षक हत्याको जिम्मेवारी लिएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमिते खोलाका एकजना शिक्षकको हत्याको जिम्मेवारी लिएको छ । स्थानीय सरस्वती आधारभूत विद्यालयका शिक्षक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको मंगलबार बिहान हत्या भएको हो ।

मृतक शिक्षकले आफ्नो समूहविरुद्ध विभिन्न गतिविधि गरेको र मेचि कोसी ब्युरोको बैठकका क्रममा प्रहरी बोलाएर दमन गरेको विज्ञप्तिमा छ । साथै जनमुत्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अपरेशन सञ्चालन गरेको र जनताको घर घरमा पटक पटक प्रहरी पठाएर नेकपाका कार्यकर्तालाई खान बस्न दीए तातो गाृलि खान्छौ भन्दै जनतालाई आतङ्कित पारेको विज्ञप्तिमा भनिएको छ ।

शिक्षक श्रेष्ठलाई पटक–पटक आफ्नो पार्टी विरोधि गतिविभि नगर्न र आफुाई सच्यउन भनि सम्झाउँन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारको क्रममा उनको ज्यान गएको विज्ञप्तिमा उल्लेख छ ।