विराटनगर/२२ मंसिर — निकट भविष्यमा रित्त हून गइरहेको पूर्वाञ्चल विश्वविद्यालयको रजिष्ट्रार पदका लागि दरखास्त आह्वान गरिएको छ ।
दरखास्तमा कुनै पनि विश्वविद्यालयको शैक्षिक, आर्थिक एवम प्रशासनिक कार्यमा विशिष्टता प्राप्त गरेका व्यक्तिले आफ्नो वैयक्तिक विवरण र चारवर्षे कार्य रणनीति पेस गर्न आह्वान गरिएको छ ।
विश्वविद्यालयको ऐन २०५० को दफा २६ बमोजिम रजिस्ट्रार नियुक्तिका लागि उपकुलपतिले कुलपतिलाई सिफारिस पेश गर्नुपर्ने भएकाले योग्यता र मापदण्ड पुगेका इच्छुक व्यात्तिले दरखास्त दिन भनिएको छ । हालकी रजिस्ट्रार प्रमिला थापाको चारवर्षे कार्यकाल मंसिरदेखि सकिँदै छ ।



