पूर्वाञ्चल विश्वविद्यालयले बाँकी परीक्षा विद्यार्थीको उपस्थितमा सञ्चालन गर्ने


काठमाडौ/ २७ कार्तिक – पूर्वाञ्चल विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका सेमेष्टर र वार्षिक तर्फका नियमित तथा आंशिक परीक्षाहरु सम्बन्धित कलेजमा गर्ने भएको छ ।


विश्वविद्यालयले कोरोना भाइरसका कारण केहि परीक्षाहरु वैकल्पिक टाइम बाउन्ड होम एक्जाम बाट सञ्चालन गरेको भए पनि बाँकी परीक्षाहरु सम्बन्धित कलेजमा गर्ने भएको हो ।


विश्वविद्यालयले एक सूचना जारी गर्दै विश्वविद्यालय कार्यकारी परिषद् निर्णयानुसार स्नातक र स्नातकोत्तर तहका सेमेष्टर र वार्षिक तर्फका नियमित तथा आंशिक परीक्षाहरु सम्बन्धित कलेजमा स्वास्थ्य मापदण्ड पालना गरी भौतिक रुपमा उपस्थिति भइ आगामि मंसिरको अन्तिम साताबाट परीक्षा सञ्चालन गर्ने निर्णय भएको जनाएको छ ।


साथै असोज १३ गते देखि कार्तिक २८ गते सम्म टाइम बाउन्ड होम एक्जामबाट सञ्चालन भएका नियमित परीक्षामा सम्मिलित परीक्षार्थीहरु बाहेक अरु परीक्षा विद्यार्थीलाई भौतिक रुपमा उपस्थित गराई परीक्षा सञ्चालन गर्ने निर्णय भएको जनाएको छ ।