नगरपालिका प्रमुखलाई कारोना भएपछि बिद्यालय सञ्चालन नगर्न निर्देशन

 


रुपन्देहि /२५ असोज – तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरे र स्वकीय सचिव बिष्णु पौडेललाई कोरोना पोजिटिभ देखिए पछि नगरपालिकाले सेवा स्थगित गरेको छ ।

कनट्याक्ट्मा परेका कर्मचारी तथा जनप्रतिनिधि हरुको स्वावको रिपोर्ट नआइसकेकोले अर्को सुचना जारी नभएसम्मको लागि यहि अशोज २७ गते सम्म नगरपालिकाले विद्यालय लगाएत सबै सेवा बाट हुने स्थगित गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माद्वारा जारी सुचनामा यो विषम परिस्थितिमा कोरोना महामारी सामुदायिक स्तरमा झनै फैलिरहेकोले कुनै पनि बिद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ ।

हाल पठनपाठन संचालन गरेका बिद्यालयले यथाशिघ्र बन्द गरेर भर्चुवल पद्दति अपनाउन र प्रत्यक्ष सहभागिता हटाउन नगरपालिकाले आग्रह गरेको छ ।