शिक्षामन्त्री पोखरेललाई कोरोना सङ्क्रमण,अवस्था सामान्य

काठमाडौँ /२५ असोज – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार पीसीआर परीक्षण गर्न दिइएकोमा आज कोभिड पोजिटिभ देखिएको हो ।


सोको जानकारी शिक्षामन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले खबर एजुकेशनलाई जानकारी दिइएका छन् । हिजो सामान्य ज्वरो आएपछि मन्त्री पोखरेल ललितपुरको पाटन अस्पतालमा स्वास्थ्य परीक्षण गराउन जानुभएको थियो ।


हिजो ज्वरो आएर पाटन अस्पताल लगिएको थियो । अहिले पाटन अस्पतालमा उपचाररत पोखरेलको अहिलेको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।