शिक्षण सिकाइको नाममा स्कुल बस सञ्चालन गरे पछि सञ्चालन नगर्न निर्देशन


रुपन्देही /२४ असोज – रुपन्देहीको सैनामैना नगरपालिकाले विद्यालयहरुले स्कुलबस सञ्चालन गरे पछि सञ्चालन नगर्न निर्देशन दिएको छ । कोरोना संक्िरमतको संख्या बढदै गए पछि स्कुल बस सञ्चलनमा रोक लगाएको हो । साथै केहि शिक्षकमा समेत संक्रमण देखिए पछि नगरपालिकाले स्कुल बस सञ्चलन नगर्न भनेको छ ।


नगरपालिका शिक्षा शाखाको जानकारी अनुसार विद्यार्थीलाई घरमै बसेर अध्ययन गर्न अनुरोध गरेको जानकारी दिएको छ । कोरोना माहामारीको अवस्थामा यसरी विद्याथीलाई बसमा राखेर स्कुल ल्यउने लैजाने गर्दा संक्रमणको उच्च जोखिम हुने भन्दै विद्यालय बस सञ्चालनमा रोक लगाएको जानकारी दिएको छ ।


केहि दिन अगाडि देखि विद्यालय सञ्चालनमा आएका छन् भने खुलेका नगर भित्रका केहि विद्यालयले शिक्षण सिकाइ सहजिकरणको नाममा बस सञ्चालन गरेर विद्यार्थी ल्यउने लैजाने गरीरहेका छन् ।