त्रिविका स्थगित परीक्षा मङ्सिर दोस्रो साताबाट हुने ,यस्तो छ सूचना

काठमाडौँ /२१ असोज – त्रिभुवन विश्वविद्यालयको मानविकी सङ्कायले गत चैतमा स्थगित स्नातकोत्तर तहको परीक्षा मङ्सिर दोस्रो साताबाट सञ्चालन गर्ने भएको छ ।


स्थगित भएका परिक्षाहरु आफ्नो अनुकुलताहेरी डिन कार्यलयले गर्न सक्ने त्रिवि केन्द्रिय परिक्षा सञ्चालक समितिले जिम्मा दिए पछि परिक्षा मिति तोकिएको हो ।


गत चैत ७ गतेदेखि स्थगित स्नातकोत्तर तह द्वितीय तथा चौथो सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा मङ्सिरमा दोस्रो हप्ताबाट क्रमश सञ्चालन गर्ने निर्णय गरिएको जानकारी मानविकी तथा सामाजिक विज्ञानको डीन कार्यालयले सुचना निकालेको छ ।


साथै स्नातक तहको बिसिए अन्र्तगत पहिलो,दोस्रो र पाँचौ सेमेस्टरका परीक्षाहरु पुस पहिलो साताबाट सञ्चालन गरिने जानकारी डीन प्रा।डा। कुसुम शाक्यले विज्ञप्तिमार्फत जनाउनुभएको छ ।