काठमाडौ/ ७ असोज – अखिल नेपाल फुटबल संघ (एन्फा) ले युवा फुटबल खेलको विकास र विस्तार गर्न यस वर्ष देखि १५ वर्ष मुनिका उमेर समुहको अन्तरविद्यालय लिग फुटबल प्रतियोगिता गर्ने भएको छ ।
एन्फाले मंसिरको दोस्रो सातादेखि अन्तरविद्यालय लिग फुटबल प्रतियोगिता गर्ने गरी तयारी थालेको छ ।
प्रतियोगिता काठमाडौ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लामा रहेका विद्यालयका सम्बन्धित विद्यार्थी खेलाडीहरुको सहभागिता रहने छ ।
युवा खेलाडिहरुलाई अवसर प्रदान गर्दे निकट भविष्यमा उमेर समुहको राष्ट्रिय टिम सम्म प्रशिक्षणमा सहभागि गराउने उदेश्यले प्रतियोगिता सञ्चालन गर्ने एन्फाले जनाएको छ ।




