कक्षाकोठालाई नै ल्याब बनाउनु पर्छ

काठमाडौँ/२९ भदौ – लेखक तथा अभिभावक शिक्षाका प्रशिक्षक दामोदर न्यौपानेले नैतिक शिक्षा नीति, पाठ्यक्रम र कक्षाकोठामा चाहिने बताएका छन् । नैतिक शिक्षाका बारेमा कक्षाकोठामा अभ्यास नहुँदा समस्या हुने गरेको उल्लेख गर्दै विशेष गरेर कक्षाकोठालाई ल्याब नै बनाउनुपर्ने बताएका हुन् ।


हामीलाई कस्तो विद्यार्थी चाहिएको हो नीतिले एउटा निर्देशन दिने, पाठ्यक्रमले ज्ञान तथा कस्तो हुनुपर्छ भनेर सैद्धान्तिक कुराहरू राखिने र त्यसपछि कक्षाकोठामा अभ्यास चाहिने उनको तर्क छ ।


न्यौपानेले नैतिक शिक्षा सँगै विद्यालय शिक्षामा सबै भन्दा कमजोर विषय अभिभावक शिक्षा भएकोले र कतिपय विद्यालयले राम्रो गर्न प्रयास गर्दा गर्दै घरमा चुकेको र कतिपयले घरमा राम्रो गर्ने प्रयास गर्दा गर्दै विद्यालयमा चुकेको उदाहरण दिँदै अभिभावकलाई सचेतना गराउनुपर्नेमा जोड् दिए ।


यसैगरी असल शिक्षकहरू भएका विद्यालयको शिक्षा राम्रो भएको र खराब शिक्षकहरू भएको विद्यालय शिक्षा नराम्रो भएकोले असल शिक्षकलाई पुरस्कार र खराब शिक्षकलाई मोटिभेशन गर्नुपर्ने बताए ।


हेर्नुहोस भिडियोमा