काठमाडौँ /११ भदौ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले गणित शिक्षाको गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि र अन्तर्राष्ट्रिय स्तरको शैक्षिक अभ्यासलाई विद्यालय तहसम्म पु¥याउने भएको छ ।
प्याब्सनअन्तर्गतका विद्यालयहरूमा कुमन म्याथमेटिक्स कार्यक्रम विस्तार तथा प्रभावकारी रूपमा सञ्चालन गरी विद्यार्थीहरूको गणितीय क्षमता, तार्किक सोच, आत्मविश्वास र समस्या समाधान गर्ने उदेश्यले केन्द्रीय कार्यसमिति र कुमन म्याथमेटिक्सबिच समझदारीपत्रमा हस्ताक्षर गरिएको जनाएको छ ।
प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीले सहकार्यले नेपाली विद्यार्थीको गणितीय क्षमता अभिवृद्धि र गुणस्तरीय शिक्षाको नयाँ यात्राको महत्वपूर्ण सुरुवात भएको र गणितलाई कठिन विषय नभई अभ्यास, आत्मविश्वास र सफलताको विषय बनाउने अभियानमा महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास रहेको बताए ।
निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रमा पु¥याउँदै आएको योगदानलाई अझ विस्तार गर्दै आगामी दिनमा अझ धेरै विद्यार्थीलाई गुणस्तरीय निजी शिक्षामा आकर्षित गर्ने लक्ष्य रहेको उनको भनाई छ ।
हाल निजी विद्यालयमा अध्ययनरत करिब ३८ प्रतिशत विद्यार्थीको सहभागितालाई भविष्यमा ५० प्रतिशतसम्म पु¥याउने, साथै निजी शिक्षा क्षेत्रमा कार्यरत करिब ३ लाख ५० हजार जनशक्तिलाई ५ लाखसम्म विस्तार गर्ने दीर्घकालीन सोचरहेको अधिकारीले विचार व्यक्त गरे ।



