काठमाडौँ/३० साउन – मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न पदका लागी आवश्यक जनशक्ति करार सेवामा नियुक्त गर्न आवेदन माग गरेको छ ।
प्रतिष्ठानले प्राध्यापक, सहप्राध्यापक, सहायक प्राध्यापक तथा लेक्चरर तहका पदमा योग्य आवेदन माग गरेको हो ।
सूचना अनुसार प्राध्यापक तथा सहप्राध्यापक पदका लागि ७० वर्ष ननाघेको तथा सहायक प्राध्यापक र लेक्चरर पदका लागि ४५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ ।
प्रतिष्ठानले दरखास्त फाराम आफ्नो वेबसाइटबाट डाउनलोड गरी आवश्यक कागजातसहित कार्यालयमा बुझाउन सकिने जनाएको छ । आवेदनसँगै शैक्षिक प्रमाणपत्र, सम्बन्धित विषयमा विशेषज्ञता तथा परिषद्मा दर्ता भएको प्रमाणलगायतका कागजात पेस गर्नुपर्नेछ ।
आवेदन बुझाउने अन्तिम म्याद २०८३ साल भदौ १२ गते तोकिएको छ । दरखास्त फाराम प्रतिष्ठानको वेबसाइटबाट डाउनलोड गरी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधाम–१४, मुजेलिया, धनुषास्थित कार्यालयमा बुझाउन सकिनेछ ।




